८३४ संक्रमित थपिँदा १,२७९ संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८,५८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५,१४७ एन्टिजेन परीक्षण गर्दा १०४ गरी ८३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १,२७९ जनाले स्वास्थ्यलाभ गरेका छन् । आइतबार (आज) थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७,९१,३९२ पुगेको छ ।

यससँगै नेपालमा मृत्यु हुनेको संख्या १,१९६ पुगेको छ भने ७ लाख ६१ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।

कुन जिल्ला कति संक्रमित थपिए ?

मन्त्रालयकाअनुसार सबैभन्दा धेरै काठमाडौँ २३२, कास्कीमा ८४, झापामा ७८, मोरङमा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै रुपन्देहीमा ३१, सुनसरी र ललितपुरमा २४/२४ जना, भक्तपुरमा २३, चितवनमा २२, कैलालीमा १४ र इलाममा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *