ओलीको ब्रिफिङ्ग- ‘संसद् विघटन हिजो, आज र भोलि पनि ठिक’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन सधैंका लगि सही हुने जिकिर गरेका छन् ।

आफ्नो प्रधानमन्त्रीत्वकालमा भएको दुई पटकको संसद् विघटनको बचाउ गर्दै ओलीले भने, ‘ताजा जनादेशमा जाने कुरा राम्रो हो । राम्रो भएकैले संसद् विघटन गरिएको हो । तर पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई पछार्नका लागि जुन तानाबाना बुनियो । ताजा जनादेशमा जाने कुरा हिजो पनि ठिक थियो, आज पनि ठिक छ र भोलि पनि ठिक हो ।’

ओलीले माओवादी केन्द्रसँगको पार्टी एकता सोचिविचारी नै गरिएको भएपछि पछिसम्म टिक्न नसकेको बताए । ‘माओवादीसँगको एकता सोचिविचारी नै गरेको हो,’ केन्दीय कमिटी बैठकमा दस्ताबेजमाथि समूहगत रूपमा उठेको प्रश्नहरूको जवाफ दिँदै ओलीले भने, ‘तर त्यो एकता भंग गर्न जुन ढंगको षड्यन्त्र भयो, त्यसलाई चिर्न नसक्दा विघटन रोक्न सकिएन ।’

ओलीले आफू प्रधानमन्त्री हुँदा पहिलो पटक ०७७ पुस ५ मा र दोस्रो पटक ०७८ जेठ ८ गते संसद् विघटन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *