१६ वर्षे मर्केल शासनको अन्त्य हुँदै, यस्तो छ उनको करियर चित्र

जर्मनीमा आज संसदीय निर्वाचन

काठमाडौँ । जर्मनीमा आज संसदीय निर्वाचन हुँदैछ । १६ वर्ष शक्तिशाली चान्सलरका रुपमा जर्मनीको शासन शत्तामा रहेकी एङ्गेला मर्केलको औपचारिक बिदाई समेत हुनेछ ।

जर्मनीका सडक र गल्लीहरु निर्वाचनमय भएका छन् । आफ्नो पक्षमा मतदातालाई प्रभावित पार्न उम्मेद्वारहरु निर्वाचनको अन्तिम समयसम्म पनि सक्रिय रहेका छन् । मर्केलले कन्जरभेटिभ उम्मेद्वार अर्मिन ल्यासचेटको र्‍यालीमा सहभागी भएर आफ्नो समर्थन देखाएकी छन् । चान्सलरका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचनमा सोसियल डेमोक्र्याटिक पार्टीका ओल्फ स्कोल्ड र कन्जरभेटिभ पार्टीका अर्मिन ल्यासचेट बीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । जर्मनीमा १८ वर्ष माथिका ६ करोड मतदाता निर्वाचनमा सहभागी हुँदैछन् । निर्वाचन स्थानीय समय अनुसार साँझ ६ बजे सकिनेछ ।

यस्तो छ उनको करियर चित्र
सन् २००५ को नोभेम्बर २२ मा उनी जर्मन चान्सलर भएकी थिइन् । उनी विभिन्न गठबन्धनबाट सर्वसम्मत भएर आवश्यक बहुमत जुटाउँदै १६ वर्षसम्म लगातार चान्सलर बनिन् ।

मर्केलको नाममा रेकडै रेकर्ड 
युरोपको प्रभावशाली नेतृ भएकाले मर्केललाई धेरैले ‘युरोपकी महारानी’ पनि भन्छन् । १६ वर्ष जर्मनीको सत्तामा रहँदा मर्केलका नाममा रेकर्डै रेकर्ड छन् । उनी सन् २००५ मा चान्सरल बन्दा पहिलो महिला चान्सरल बनिन् । ५१ वर्षको उमेरमा चान्सलर बनेकी उनी सबैभन्दा कम उमेरमा चान्सलर हुने व्यक्ति पनि हुन् ।

मर्केल सन २०१४ मा युरोपेली सङ्घमा सबैभन्दा लामो समय सरकार प्रमुख बन्ने नेतृ बनिन् । सन् २०१८ मै उनले आफ्नो दल क्रिश्चियन डेमोक्रेटिक युनियनको प्रमुखबाट बिदा हुने र सन २०२१ को चान्सलरमा नउठ्ने बताएकी थिइन् ।

चान्सलर हुनुभन्दा अगाडि पनि उनको नाममा केही राजनीतिक रेकर्ड थिए । सन् २००० को अप्रिलमा मर्केल क्रिस्चियन डेमोक्रेटिक पार्टीको प्रमुख नेता भइन् । उनी पार्टी प्रमुख हुने प्रथम महिला हुन् ।

वैज्ञानिकदेखि राजनीतिज्ञसम्म 
एङ्गेला दोरोथिया मर्केलको नाममा सन् १९५४ जुलाइ १७ मा पश्चिम जर्मनीको प्रसिद्ध सहर ह्यामबर्गमा जन्मेकी हुन मर्केल । एनले जर्मनको लिपजिप विश्वविद्यालयको जर्मन एकेडेमी अफ साइन्समा सन १९७३ देखि १९७८ सम्म पढेकी थिइन् ।

सन १९७७ देखी १९८२ सम्म उनले उल्रिच मर्केलसँग विवाह गरिन् । उनलेसन १९९८ मा जोचिम साउरसँग दोस्रो विवाह गरेकि थिइन् । मर्केलको पूर्वी जर्मनीमा हुर्केकी हुन् । उनले क्वान्टम अन्वेषकको रूपमा काम गरिन् । उनले सन १९८६ मै क्यान्टम रसायनशास्त्रमा पीएचडी गरेकी छन् । साउर पनि क्वान्टम रसायन शास्त्री हुन् । विवाह गरेपछि सन १९८९ र १९९० ताका उनी डेमोक्रेटिक अवेकनिङ पार्टीमा काम गरिन् ।

सन १९९० को डिसेम्बरमा भएको चुनावमा भने उनी क्रिस्चियन डेमोक्रेटिक पार्टीमा आबद्ध भइन् । सन् १९९० को चुनाव जितेर जर्मन संसदमा पुगिन् । उनी चुनाव जित्नु अगाडि नै मन्त्री भएकी थिइन । सन १९९१ को जनवरीमा उनी महिला तथा युवा मन्त्री बनिन् । पुर्व र पश्चिम जर्मन एकता गर्ने नेता तथा तत्कालीन चान्सलर हेल्मट कोलले उनलाई मन्त्री बनाएका थिए । मन्त्री बनेपछि उनी जर्मन एकता सरकारको प्रवक्ता बनिन् ।

सन् १९९४ मा उनी वातावरण तथा आणविक सुरक्षा मन्त्री बनिन् । सन् १९९८ मा उनी क्रिस्चियन डेमोक्रेटिक पार्टीको महासचिव बनिन् । त्यसको दुइ वर्षपछि अध्यक्ष । अध्यक्ष भएको पाँच वर्षपछि सन २००५ मा चान्सलर ।

आप्रवासी तनावदेखी कोभिड नियन्त्रणको नेतृत्व 
मर्केल चान्सलर हुँदा युरोपमा धेरै सङ्कट आए । सन् २०१५ ताका पश्चिम एसिया तथा अफ्रिकाबाट गृहयुद्ध, आतङ्कवाद तथा गरिबीको कारण भागेकाहरूलाई व्यवस्थापन, युरोपेली सङ्घबाट सन् २०२० को जनवरी ३१ मा भएको बेलायतको बहिर्गमनदेखि सन् २०२० देखि  युरोपमा तनावग्रस्त बनाएको कोभिड–१९ महामारीमा उनको नेतृत्वको धेरै प्रशंसा भएको थियो । फ्रान्स र इटालीका बिरामीलाई जर्मनीका अस्पतालमा ल्याएर उपचार गर्ने उनको कदमको धेरैले तारिफ गरे ।

युरोजोन सङ्कट मोचनमा उनको नेतृत्वको उस्तै तारिफ भयो । ग्रिसको आर्थिक सङ्कट मोचनमा पनि धेरैले उनलाई नै जस दिन्छन् । आफ्नो सबैभन्दा ठुलो व्यापारिक साझेदार चीन र सबैभन्दा ठुलो सुरक्षा साझेदार अमेरिका दुवैलाई मिलाउन तथा रुससँग समेत सम्बन्ध मिलाएर लाने कुरामा मर्केलको तारिफ हुन्छ ।

आलोचना पनि 
उसो त आलोचकहरू मर्केलले समस्या आएपछि मात्रै समाधान गर्ने गरेको भन्दै समस्या नै नल्याउन उनले भूमिका खेल्न नसकेको आरोप लाउँछन् । युरोपेसी सङ्घमा जोडिएका गरिब र कमजोर देशहरूको आन्तरिक मामिलामा समेत युरोपेली सङ्घको नाममा हस्तक्षेप र आलोचना गर्ने गरेको उनीमाथि आरोप लाग्ने गरेको छ । पछिल्लो समयमा जर्मनीमा आएको बाढीको समस्या आउनै नदिन मर्केल चुकेको जर्मनको ग्रिन पार्टीका नेताहरू आरोप लाउँछ । ग्रिन पार्टीले मर्केलले जलवायु परिवर्तनका मुद्रामा नेतृत्व गर्न नसकेको आरोप पनि लगाउने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *