सर्वोच्चका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भयो : झाँक्री

विराटनगर । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले सर्वोच्च अदालतका कारण मन्त्रिपरिषद्मा ढिलाइ भएको बताएकी छन् । ‘सर्वोच्च अदालतमा अझै मुद्दा विचाराधीन छ,’ शनिवार (आज) विराटनगर आएकी झाँक्रीले पत्रकारहरूसँग कुराकानी गर्दै भनिन्, ‘लामो समयपछि बल्ल रिट खारेजको प्रक्रियामा अघि बढेपनि मुद्दा किनारा लागेको छैन । मुद्दा किनारा नलाग्दासम्म मन्त्रिपरिषद् विस्तारको बाटो खुल्दैन ।’

झाँक्रीले सत्तासीन दलहरूबीच मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे निरन्तर छलफल तथा बहस भइरहेको जिकिर गरिन्, भनिन्— ‘दलहरूबीचमा निरन्तर वार्ता भइरहेकै छ । अब चाँडै नै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।’

यस्तै झाँक्रीले एकीकृत समाजवादीको राष्ट्रिय सम्मेलन चाँडै हुने बताएकी छन् । पार्टी केन्द्रीय कमिटीले पूर्णता पाएकोले अब छिट्टै राष्ट्रिय सम्मेलन गरेर पार्टीको दस्ताबेजलाई अन्तिम रूप दिने तयारीमा रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *