कास्की कांग्रेस महाधिवेशन : कतै भरमार प्रतिस्पर्धा, कतै सुटुक्क नेता चयन

पोखरा । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिवार (आज) पालिकास्तरीय महाधिवेशन छ । अहिले अधिकांश पालिकामा मतदान सुरु भैसकेको छ । ५ पालिका रहेको कास्कीमा २ वटा सर्वसम्मत भैसकेको छ भने तीनवटामा मतदान हुने देखिएको छ ।

अन्नपूर्ण गाउँपालिकामा सभापतिका लागि मनपति भण्डारीले मात्रै मनोनयन दर्ता गराएका छन् । उपाध्यक्ष सुशिल भट्टचन र गौमाया नेपाली, सचिव कृष्णप्रसाद सुवेदी र विजय गुरुङ एवं सहसचिव ध्रुव घले र मुक्ति गुरुङ चयन भएका हुन् । सदस्यहरु पनि सर्वसम्मच निर्वाचित भएका हुन् ।

रुपामा पनि करिव सर्वसम्मत भएको छ । सभापतिमा तीनजनाले उम्मेदवारी दिएपनि सहमतिमा मनोनयन फिर्ता लिएपछि सर्वसम्मत चयन भएको हो । विमलबाबु न्यौपानेलाई सभापति बनाएर आकांक्षीहरु लक्ष्मण थापा र खेम गुरुङ मनोनयन फिर्ता लिन सहमत भएका छन् । सुरुमा यहाँ गीमाया गुरुङ र ढकबहादुर थापाले पनि उम्मेदवारी घोषणा गरेका थिए । उपसभापतिमा गेसबहादुर गुरुङ र शंकरलाल श्रेष्ठ छन् भने सचिवमा बुद्धीबहादुर खड्का र विकल ओझा तथा सहसचिव विकाश ओझा र निर्मल केसी छन् । सदस्यहरु पनि सर्वसम्मत भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

देशकै ठूलो महानगर पोखरा महानगरपालिकामा भदौ २५ गते नै मनोनयन भैसकेको थियो । यहाँ ६ जनाले सभापतिमा प्रतिश्पर्धा गर्दै छन् । वडाध्यक्षहरु मोहनप्रसाद बास्तोला र रामराज लामिछाने, नेता मिलन तिवारी, पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छे, पत्रकारहरु गंगाधर पराजुली र ज्योति हमाल प्रतिश्पर्धामा छन् ।

उपसभापतिमा कृष्णप्रसाद अधिकारी, निर्दोश विक्रम पौडेल, प्रयागराज भण्डारी, भवसागर बराल, शिव केसी र राजेन्द्र बरालले मनोनयन दर्ता गराएका हुन् । २ जना नै निर्वाचित हुने सचिवमा ३ जना, तथा दुई जना नै निर्वाचित हुने सहसचिवमा ७ जनाले दाबी गरेका छन् । सचिवमा गणेशबहादुर थापा, टुबराज बास्तोला, सुरेन्द्रबाबू तिवारीले नाम दर्ता गराए ।

सहसचिवमा नरेन्द्र बास्तोला, पुष्पराज सिग्देल, रवीन कायस्थ, लक्ष्मी बास्तोला, शिवमोहन अधिकारी, संजय आले र संघर्ष कोइरालाले दाबी पेस गरेका छन् । कार्यसमिति सदस्य पदमा अधिकांश निर्विरोध निर्वाचित भएका छन् ।

माछापुछ्रे गाउँपालिकामा दुईवटा प्यानलै घोषणा गरेर मनोनयन दर्ता भएको छ । मधुसुदन अधिकारीको नेतृत्वमा उपाध्यक्षहरु राम गुरुङ र मिनबहादुर गुरुङ, सचिवमा केशव अधिकारी र सन्जय लम्साल, सहसचिवमा बालकृष्ण गौतम र रवी अधिकारी रहेको एउटा समूह छ । यस्तै, वीरेन्द्र गुरुङको नेतृत्वमा प्रकाश गुरुङ र अमृतबहादु क्षेत्री, सचिवमा गोविन्दप्रसाद ढुंगाना र चिजबहादुर विक, सहसचिव एकजना मात्रै महादेव गुरुङ राकेशको उम्मेदवारी परेको छ ।

मादीमा अझै सर्वसम्मतको प्रयास भैरहेको छ । तर सर्वसम्मत नहुने देखिएको छ । यहाँ देवीजंग गुरुङ र यामबहादुर गुरुङबीच प्रतिश्पर्धा हुनेछ । तर हालसम्म यामले मात्रै उम्मेदवारी दिएका छन् । यसअघि ओमप्रकाश गुरुङ र अर्जुन गुरुङले पनि दावी देखाएका थिए । तर यामले ओमप्रकाशको प्रश्ताव र अर्जुनको समर्थनमा मनोनयन दिए । सहमतिका लागि मनोनयन दर्ता समेत शनिबार सारिएको थियो । अहिले साढे ११ बजेसम्म मनोयनको समय तोकिएको छ ।

अन्य पालिकामा पनि सदस्यको प्रतिश्पर्धा खासै छैन । पोखरा महानगरपालिकामा १ हजार ३ सय ७० जनाले मतदान गर्न पाउने छन् । माछापुछ्रेमा १ सय ७३, अन्नपूर्णमा १ सय ९८, मादी १ सय ९२ र रुपामा १ सय ३० जना मतदाता छन् । पालिकाको कार्यसमिति चयन गर्न क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुले मतदान गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *