दाङमा ‘उत्सर्ग संगीत अवार्ड’ हुँदै

काठमाडौँ । राप्ती क्षेत्रका स्रष्टालाई हौसला र पुरस्कृत गर्ने उद्देश्यले दाङमा ‘उत्सर्ग सङ्गीत अवार्ड २०७८’ आयोजना हुने भएको छ ।

उत्सर्ग फिल्मस् नेपालले आयोजना गर्न लागेको अवार्डमा राप्ती क्षेत्रमा गाइने लोक भाका, रूपान्तरण एवम् राष्ट्रिय भाव धाराका गीतहरू, मातृभाषाका गीतहरू, आधुनिक, पप, गजल तथा म्युजिक भिडियो विधामा अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक केएल पीडितले बताएका छन् ।

अवार्डमा सहभागिताका लागि २०७८ असोज १ गतेसम्म बजारमा आएका गीत सङ्गीतले आवेदन दिन सक्नेछन् ।

अवार्डमा सहभागी हुन चाहने स्रष्टाहरूले आगामी कार्तिक २ गतेसम्म गीत सङ्गीत पठाइसक्नुपर्ने कार्यक्रम उपनिर्देशक पाण्डव शर्माले जानकारी दिए । अवार्ड वितरण समारोह तिहारपछि कार्यक्रमको आयोजना गरी हुने आयोजक पक्षले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *