छुरा प्रहार गरी छिमेकीले गरे युवकको हत्या

विराटनगर ।  सुनसरीमा छुरा प्रहार गरी छिमेकीको हत्या भएको छ । इटहरी उपमहानगरपालिका-३ सुनौलो टोलका ६२ वर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ वर्षीय राजु थापालाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

सामान्य घरायसी विवाद हुँदा अधिकारीले छातीमा छुरा प्रहार गरी गम्भीर घाइते बनाएका थापाको उपचारको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  घटनामा संलग्न देवीप्रसाद अधिकारीलाई इलाका प्रहरी कार्यालय इँटहरिले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका अधिकारी समेत घाइते भएकाले प्रहरीको निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *