अभिनेत्री शबानाले बाल्यकालमै गरेकी थिइन् आत्महत्या प्रयास

एजेन्सी । भारतीय अभिनेत्री शबाना आजमीका जीवनमा धेरै कथाहरू छन्, जसको बारेमा धेरैजसो मानिसहरूलाई थाहा छैन । उनकी आमा शौकत आजमीको आत्मकथामा उल्लेख भएअनुसार बाल्यकालमै शबानाले दुई पटक आत्महत्याको प्रयास गरेकी थिइन् । ‘उमराव जान’, ‘सलाम बम्बे’जस्ता चलचित्रमा काम गरेकी उनकी आमाको सन् २०१९ मा निधन भएको थियो ।

दुई पटक आत्महत्या प्रयास
शौकतले आत्मकथा ‘कैफ एन्ड आई मेमोइर’मा लेखेकी छन्, ‘शबानालाई मैले मेरो छोरा (शबानाको भाइ) ‘बाबा’लाई उनलाई भन्दा धेरै माया गर्छु भन्ने भ्रम थियो । म एक बिहान शबाना र बाबालाई खाजा बनाउँदै थिएँ । त्यतिकैमा मैले बाबाको बस चाँडै आउने भएकाले म उनलाई पहिला टोस्ट दिन्छु भनेर उसको प्लेटबाट एउटा टोस्ट उठाएँ ।

तिमीसँग समय छ‚ अर्को खाऊ है भनेर मैले कामदारलाई टोस्ट ल्याउन पठाएँ‚ तर शबाना चुपचाप उठेर बाहिर गइन्‚ टोस्ट आएपछि शबानालाई खानका लागि बोलाउँदा बाथरुमबाट रोएको आवाज सुनेपछि म उनी भएको ठाउँमा गएँ । उनले मलाई देखिन् र हतार हतार आँसु पुछेर स्कूल गइन् ।’ शौकत थप्छिन्, ‘शबाना स्कुलको प्रयोगशाला गइन् र कपर सल्फेट खाइन् । जब शबानाको साथीले मैले शबानालाई भन्दा बाबालाई धेरै माया गरेकाले आत्महत्या प्रयास गरेको बताइन्, मैले आफूलाई धिक्कार्नबाहेक केही गर्न सकिनँ ।’

शबानाले आफ्नो बाल्यकालमा दोस्रो पटक समेत आत्महत्या प्रयास गरेकी थिइन् । शौकतले किताबमा लेखेकी छन्, ‘मलाई अर्को एउटा घटना याद छ, जब मैले उनलाई उनको असभ्य व्यवहारका कारण घर छोड्न भनेँ, तब उनले रेलवे स्टेसनअगाडि गएर आत्महत्या गर्ने कोसिस गरेकी थिइन् । त्योबेला उनको स्कूलका एक चौकीदारले बचाएका थिए । शबाना दोस्रो पटक पनि बचेकी थिइन्, म एकदमै दुखी भएँ । त्यसपछि मैले कहिले पनि उनलाई घर छाडेर जाऊ भनिनँ ।’

खर्चका लागि बाबुआमामा भर नपर्ने
शबाना बाल्यकालदेखि नै फरक प्रवृत्तिको व्यक्ति भएको कुरा शौकतले आफ्नो किताबमा लेखेकी छन् । शौकतका अनुसार, ‘म जुहूबाट सान्ताक्रुज स्टेसनका लागी हरेक दिन शबानालाई ३० रुपैयाँ दिन्थेँ । उनलाई अन्य खानेकुरा खान मन लाग्दा उनी स्वयंले बचत गर्ने गर्थिन् । तर उनले कहिले पनि हामीबाट बढी खर्चको अपेक्षा गरिनन् ।’

शौकतका अनुसार शबाना सानै उमेरबाट परिवारलाई मद्दत गर्न पैसा कमाउने सोचमा थिइन् । आत्मकथामा लेखिएको छ, ‘सिनियर क्याम्ब्रिजमा प्रथम डिभिजनमा पास भएपछि, कलेज भर्ना हुनुभन्दा पहिले, शबाना एक पेट्रोल स्टेसनमा कफी बेच्थिन् । यसरी उनी प्रतिदिन ३० रुपैयाँ कमाउँथिन् । उनले मलाई यस विषयमा कहिल्यै भनिनन् । र, म पनि रिहर्सलमा यति व्यस्त थिएँ कि उनी घरमा भए/नभएको विषयमा ध्यान नै दिन पाइनँ । उनले पैसा लिएर आएपछि बल्ल मैले उनको कामको विषयमा जानकारी पाएँ ।’

शेखरसँगको प्रेम
शबाना आजमीले एक अन्तर्वार्तामा आफू धेरै वर्षसम्म निर्देशक शेखर कपूरसँग प्रेम सम्बन्धमा रहेको स्वीकारेकी छन् । उनीहरूको ब्रेकअप पनि सहमतिमै भएको थियो । सम्बन्ध अन्त्यपछि समेत यी दुईले एकसाथ एक चलचित्रमा काम गरेका थिए ।

शशी कपूरको प्रसंशक
एक अन्तर्वार्ताको क्रममा शबानाले शशी कपुरलाई एकतर्फी प्रेम गरेको स्वीकार गरेकी थिइन् । शबानाले भनेकी छन्, ‘शशी र उनकी श्रीमती जेनिफर हाम्रा पारिवारिक साथी थिए । पृथ्वीराज कपूर मेरा आमा-बुबाको घर नजिक बस्थे र हरेक आइतबार जब शशी बुबालाई भेट्न आउँथे, म उनको हस्ताक्षरका लागि एउटा फोटो किनेर तयार राख्थेँ । जब म ‘फकीरा’ चलचित्रको लागि छनौट भएँ, त्यसबेला म नर्भस भएकी थिएँ । शशी र जेनिफरकै कारण मैले चर्चा कमाएँ ।’

विवाहित पुरुषसँगको प्रेम र विवाह
उनले विवाहअघि पटक पटक आफ्ना प्रेमीसँगको सम्बन्ध अन्त्य गर्ने प्रयास गरेकी थिइन् । उनले भनेकी छन्, ‘जावेद अख्तर प्राय हाम्रो घरमा आउँथे‚ र बुबासँग सल्लाह लिन्थे । उनी हँसिला थिए र हरेक कुरामा चासो राख्थे । यही कारण म उनीप्रति आकर्षित भएकि थिएँ । जावेद विवाहित थिए । त्यसैले हामीले धेरै पटक सम्बन्ध अन्त्य गर्न कोसिस गरेका थियौँ । पछि उनले आफ्नी पहिलो पत्नीसँग सम्बन्ध विच्छेद गरे र १९८४ मा हाम्रो विवाह भयो ।’

जावेदको पहिलो पत्नीको तर्फबाट दुई सन्तान छन् भने शबानाको तर्फबाट सन्तान छैनन् । जावेद भारतका अत्यन्तै लोकप्रिय गितकार मध्येका एक हुन् । उनका छोरा फरहान अख्तर पनि अत्यन्तै रूचाइएका अभिनेतामा पर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *