निधि, सिंह र कोइरालाको निष्कर्ष: कांग्रेस महाधिवेशन निर्धारित मितिमै हुनुपर्छ

काठमाडौँ । कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह फेरि छलफलमा जुटेका छन् । महाराजगन्त्रस्थित कोइराला निवासमा शुक्रबार साँझ तीन नेताबीच भेटवार्ता भएको हो ।

त्यसक्रममा नेतात्रयबीच महाधिवेशनमा एकता र सहमतिबाट अघि बढ्ने विषयमा छलफल भएको प्रकाशमान सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिए । उनीहरुले १४ औं महाधिवेशन समयमा नै गर्ने, सभापतिका आकांक्षी, शीर्ष नेता, नेताहरूलगायतसँग पनि संवादलाई निरन्तरता दिने निष्कर्ष निकालेका छन् ।

यस्तै सरकारलाई थप प्रभावकारी बनाएर लैजान सबैले सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो । नेतात्रयका बीचमा सरकार र पाँच दलीय गठबन्धनका बारेमा फैलाइएको भ्रमलाई चिरेर मन्त्रिपरिषद् पूर्णता दिने विषयमा छलफल भएको लामिछानेले बताए । केही समयदेखि यी तीन नेता छलफल गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *