एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा खालिङ्ग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ्ग लाई नियुक्त गरेको छ ।

विगत ३५ वर्षदेखि बैंकिङ क्षेत्रको अनुभवका साथ विभिन्न बैंकहरूमा सफलतापूर्वक सेवा प्रदान गर्दै आएका खालिङ्गले शुक्रबारदेखि औपचारिक रुपमा एभरेष्ट बैंकमा आफ्नो कार्यकाल सुरु गरेका छन् ।

स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेको बैंकले बताएको छ ।

देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, १३७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ् सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *