सवारी दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर । इलाम र मोरङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मोरङको बुढिगंगा गाउँपालिका वडा नम्बर १ शान्तिचोकमा बसको ठक्करबाट साईकल यात्रीको मुत्यु भएको प्रहरीले जनाएको छ ।

कोशी राजमार्ग अन्तरगत शान्तीचोकमा बसले साइकल यात्रीलाई ठक्कर दिँदा बेलबारी नगरपालिका ८ डागिहाटका ५१ बर्षीय देबेन्द्र पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ईटहरीबाट बिराटनगरतर्फ आउँदै गरेको को १ ख ७५४८ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको साईकललाई पछाडीबाट ठक्कर दिदाँ उनको मृत्यु भएको हो ।

बस र चालक सुनसरी रामधुनी नगरपालिका ५ का ५३ वर्षीय शिब बहादुर पौडेल जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रण लिएको छ । त्यस्तै ईलाममा रोकि राखेको पिकअप गाडी पछाडी सरेर एक जनालाई किचेको छ । इलामको माइजोगमाइ गाउँपालिका ५ सोयाङमा रोकेर राखेको पिकअप गाडी पछाडि सरेर स्थानीय ५७ वर्षीय खिरबहादुर तामाङलाई किचेको प्रहरीले जनाएको छ ।

इलाम बजारबाट सोयाङतर्फ जाँदै गरेको मे १ च ६३४४ नम्बरको पिकअप गाडी रोकिएको बेला सोही गाडीमा सवार तामाङ पिसाब फेर्न गएको अवस्थामा अचानक गाडी पछाडी सर्न गई किचेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पिक अप र चालकलाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *