मैले विवाहको प्रस्ताव स्विकारेँ : इन्दिरा जोशी

काठमाडौँ । गायिका इन्दिरा जोशीले आफूले विवाहको प्रस्ताव स्वीकारेको बताएकी छन् । हेलिकप्टरमा खुम्बु पुगेर फेसन डिजाइनर शरद केडियाले इन्दिरालाई विवाहको प्रस्ताव राखेका थिए ।

उनले प्रस्ताव राखेको भिडिओ साथै तस्बिर यति बेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । इन्दिरा स्वयम्ले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो सम्बन्ध पक्का गरेकी हुन् । इन्दिरा र केडिया केही वर्षयता प्रेममा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *