सानिमाका ग्राहकले सस्तो डिलमा सामान किन्दा छुट

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले सस्तो डिलमा सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् । बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५ प्रतिशत वा अधिकतम् दुई हजार पाँच सयसम्म छुट पाउनेछन् ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई फस्ट कम फस्ट सर्भिसका आधारमा छुट प्रदान गरिने बताइएको छ । यो योजना १० आश्विनदेखि १५ आश्विनसम्म लागू हुनेछ । बैंकका देशभर १०५ वटा कार्यालय तथा ९६ वटा एटिएम संचालनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *