मागअनुसारका मोटरसाइकल चोरी !

चितवन । मोटरसाइकल चोरी गर्ने गिरोहले मागअनुसारका मोटरसाइकल चोरी गर्ने गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार मोटरसाइकल चोरी गर्ने गिरोहले ग्राहकको चाहनाअनुसारको मोटरसाइकल चोरी गर्ने गरेका हुन् ।

मोटरसाइकल चोरीमा संलग्न भएकालाई सार्वजनिक गर्ने क्रममा बिहीबार यहाँ आयोजित कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले मोटरसाइकल चोरी गर्ने गिरोहले मागअनुसारको मात्रै मोटरसाइकल चोरी गर्ने गरेको पाइएको बताए । पक्राउ परेकाहरुको वयान उद्धृत गर्दै उनले भने, ‘ग्राहकको मागअनुसारका ब्राण्ड, रङ, मोडल खोजीखोजी चोरी गरेको पाइयो ।’

कार्यालयले विगत एक महिनादेखि सुरु गरेको अप्रेसन माइक चार्ली अभियानका क्रममा पक्राउ परेका १४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । यसक्रममा आठ मोटरसाइकल र रु ९१ हजार नगदसमेत बरामद गरिएको अधिकारीले जानकारी दिए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *