कांग्रेस अधिवेशन : मोरङका दुई वडामा मतदान हुन सकेन, विराटनगर-६ मा शुक्रबार हुने

विराटनगर । मोरङमा नेपाली कांग्रेसको दुई वडा बाहेकको अधिवेशन सकिएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मोरङमा दुई वडामा पदाधिकारी छान्ने क्रममा विवाद उत्पन्न भएपछि अधिवेशन स्थगित भएको छ ।

विराटनगर महानगरपालिका- ६ र रतुवामाइ नगरपालिका- ६ मा विवादका कारण निर्वाचन स्थगित भएको नेपाली कांग्रेस मोरङले जनाएको छ । विराटनगर महानगरपालिका वडा नम्बर २ मा भोलि बिहान ८ बजेदेखि मतदान शुरु हुने कांग्रेस सभापति डिगबहादुर लिम्बुले बताए ।

मोरङमा ७१ वटा वडामा सहमति भएको छ भने ८४ वटा केन्द्रमा निर्वाचन भएको छ । कांग्रेस मोरङका सचिव नागेश कोइरालाले ७९ केन्द्रको मतपरिणाम आइसकेको र ८ वटा केन्द्रको गणना भइरहेको बताए । कांग्रेसले मोरङमा १५९ वटा निर्वाचन केन्द्र तोकेको थियो ।

मोरङमा ३० हजार ७ सय क्रियाशील सदस्य रहेको नेपाली कांग्रेसको नयाँ सदस्य कांग्रेसका १४ हजार ५ सय थपिएका छन् । यी नयाँ सदस्यहरू पनि छटेको भन्दै नेतृत्वको आलोचना हुँदै आएको थियो । मोरङमा १३७ वडाबाट ३ हजार क्षेत्रीय प्रतिनिधि छनौट हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *