हैजाबाट नाइजेरियामा ३२९ जनाको मृत्यु

नाइजेरिया । नाइजेरियाको एक उत्तरी प्रान्तमा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३२९ जनाको ज्यान गएको नाइजेरियाका एकजना स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

ती अधिकारीले नाइजेरियाको उत्तरी कानो राज्यमा हैजाबाट ती व्यक्तिहरुको ज्यान गएको बताएका हुन् ।

सो राज्यका स्वास्थ्य अधिकारी सुलेइमान इस्लियाका अनुसार उक्त राज्यका कम्तीमा पनि ४४ स्थानीय तहमा हैजाको प्रकोप फैलिएको थियो । त्यसमा परेर ती व्यक्तिहरुको ज्यान गएको र अरु कयौँ बिरामी परेका उनले जानकारी दिएका छन् ।

ती स्थानीय निकायहरूमा ११ हजार ११५ जनामा हैजा फैलिएको आशंका गरेर परीक्षण गरिएको थियो । तीमध्ये स्वास्थ्य परीक्षणमा धेरै निको भएका थिए ।

अहिले पनि ३१ जना हैजा लागेको पुष्टि भएका व्यक्ति अस्पतालमा उपचार गराइरहेको बताइएको छ । हाल हैजाको प्रकोप देखिएका स्थानहरूमा स्वास्थ्य निगरानी राखिएको बताइएको छ ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *