जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

उदयपुर । बेलका नगरपालिका-९ खारखोलामा जिपको ठक्करबाट सख्त घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्करबाट गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुने बेलका-२ का ४० वर्षीय रामचन्द्र राई रहेका छन् । बुधबार दिउँसो मदन भण्डारीमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १-०२-००२च ४८७४ नंको बोलेरो जिपले बेलका-९ खारखोलाबाट पश्चिम जाँदै गरेको स ४ प ९१०५ नंको मोटरसाइकलमा सवार राईलाई ठक्कर दिएको थियो ।

बलेरोको ठक्करबाट घाइते राईलाई तत्कालै उपचारका लागि सुनसरीस्थित बिपी मेमोरियल अस्पताल धरानमा लगेर उपचार गर्ने क्रममा घाइते राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए । चालक र बोलेरोलाई इलाका प्रहरी कार्यालय बेलका रामपुरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + one =