नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षण इटहरीमा हुने

विराटनगर । आइसिसी महिला ट्वेन्टी-ट्वेन्टी विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनैट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीले सुनसरीको इटहरीमा प्रशिक्षण गर्ने भएको छ । प्रशिक्षण गर्ने बारेमा जानकारी दिन इटहरीमा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक जगत टमटाले बिहीबारदेखि प्रशिक्षण शुरु हुने बताए । प्रशिक्षण एक सातासम्म इटहरीको क्षेत्रीय रंगशालाको इन्डोर हल र मैदानमा हुने उनले बताए ।

खेलका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाली महिला खेलाडीहरूलाई सानो सानो समूहमा प्रशिक्षण दिनेछ । पहिलो चरणमा देशका प्रमुख तीन स्थानमा खेलाडीलाई प्रशिक्षणमा राख्ने योजनाअनुसार भदौ २७ देखि असोज २ गते कञ्चनपुरको महेन्द्रनगरमा प्रशिक्षण सम्पन्न गरेको थियो ।

इटहरीको प्रशिक्षण सकिएपछि फाइनल चरणको प्रशिक्षण भने काठमाडौँमा हुने टमाटाले बताए । क्यानले एक महिनाअघि नै एसिया क्षेत्रको छनौट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको नाम सार्वजनिक गरिसकेको छ ।

प्रशिक्षणमा प्रदेश २ का तीन जनासहित झापा, मोरङ र इलामका गरी ११ जना खेलाडी प्रशिक्षणमा सहभागी हुने कार्यक्रम संयोजक विप्लव घोषले जानकारी दिए । मलेसियामा हुने भनिएको महिला टी-२० विश्वकपको एसिया छनौट २३ नोभेम्बरबाट २८ नोभेम्बरसम्म हुने क्यानले जनाएको छ । छनौट चरणको खेलमा भुटान, चीन, कुवेत, मलेसिया, म्यानमार, यूएई र हङकङ खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *