नबिल बैंक र वूमन लिडरसिप फोरमबीच अन्तरक्रिया

काठमाडौँ । नबिल बैंक लिमिटेड र नेपाल उद्योग परिसंघको वूमन लिडरसिप फोरमबीच महिला उद्यमीहरूका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताको लागि चालेका कदमहरू र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो ।

वूमन लिडरसीप फोरमकी संयोजक छाया शर्मा, वूमन लिडरसिप फोरमकी सदस्य आशा राणा अधिकारी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहसमेत उपस्थित भएका उक्त कार्यक्रममा विभिन्न महिला उद्यमी तथा नेतृत्वदायी महिलाहरूको उपस्थिती थियो ।

कार्यक्रमको सुरुवात गर्दै वूमन लिडरसिप फोरमकी संयोजक छाया शर्माले नबिल बैंकको दिगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलहरूको प्रशंसा गर्दै यसले महिलाको सामाजिक रुपान्तरणमा योगदान पुगोस् भन्ने कामना गरेकी थिइन् ।

साथै उनले वित्तिय पहुँचसँगै वित्तिय साक्षरतालाई पनि अगाडी बढाउन सुझाव दिइन् ।

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङ मार्फत बैंकले उद्यमशीलताको विकास तथा वित्तीय पहुँचलाई गाउँगाउँमा पुर्‍याएर त्यहाँ उद्यमीहरूको सिर्जना गरी दिगो विकासमा टेवा पुर्‍याउने लक्ष्य लिएको बताइन् ।

कार्यक्रमको समापन गर्दै नबिल बैंकको सञ्चालक समेत रहेकी वूमन लिडरसिप फोरमकी सदस्य आशा राणा अधिकारीले यस कार्यक्रमले नबिल दिगो बैंकिङलाई सबै महिलाहरूमा पुर्‍याउन सहयोग गर्ने र आउँदा दिनमा यसलाई अझ बढाउँदै लगिने बताइन् ।

कार्यक्रममा नबिल बैंकको दिगो बैंकिङ तथा यसअन्तर्गतका नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जाको बारेमा नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझा र साना तथा मझौला कर्जाअन्तर्गतका महिला केन्द्रित कर्जा तथा अन्य बैंकिङ सुविधाको बारेमा साना तथा मझौला कर्जा, लघुवित्त विभाग प्रमुख निरज कुमार बस्नेत डनिलले प्रकाश पारेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *