विराटनगरले आजदेखि श्रमिकलाई खोप लगाउँदै

विराटनगर । विराटनगर महानगरपालिकाले असोज ६ र ७ गते औद्योगिक क्षेत्रका मजदुर तथा स्वास्थ्य विषय अध्ययन गर्ने विद्यार्थीलाई खोप लगाउने भएको छ ।

असोज १ गते जिल्ला खोप समन्वय समितिको बैठकको निर्णय र १ गतेकै जिल्ला स्वास्थ्य कार्यालयको पत्रले खोप लगाउन दिने भनेकोले खोप लगाउन लागिएको महानगरपालिकाले जनाएको छ ।

यस भन्दा अगाडी खोप नलगाएका र १८ वर्ष उमेर पुरा भएका लक्षित समूहका व्यक्तिलाई खोप लगाइने स्वास्थ्य संयोजक रमेश कार्कीले बताए । उनका अनुसार महानगरपालिकाको वडा नम्बर १, ५, १६ र १७ तथा नेपाल परिवार नियोजन सङ्घ विराटनगर महानगरपालिका ७ मा खोप लगाइने छ।

नेपाल परिवार नियोजन सङ्घमा निजी तथा सरकारी संस्थामा स्वास्थ्य विषयमा अध्ययनरत विद्यार्थीलाई खोप दिइने छ भने अन्य वडामा भने औद्योगिक क्षेत्रमा काम गर्ने नेपाली श्रमिकहरूलाई खोप लगाइने कार्कीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *