प्रदेश १ : जलवायु परिवर्तनसम्बन्धी स्पष्ट नीति बनाउनुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । प्रदेश १ का प्रदेशसभा सदस्यहरूले जलवायु परिवर्तनसम्बन्धी स्पष्ट नीति बनाउनु आवश्यक रहेको बताएका छन् ।

जलवायु परिवर्तनसम्बन्धी नीति निर्माण र कार्यान्वयनका लागि सरकारले नीति तथा कार्यक्रम र बजेटमा नै यसलाई समावेश गर्नुपर्नेमा सांसदहरूले जोड दिएका हुन् ।

सोमबार भएको एक भर्चुअल कार्यक्रममा प्रदेश १ का सांसद तथा अर्थ समितिका सभापति मोहन खड्काले जलवायु परिवर्तनको असरका कारण नेपालमा पनि बाढी, पहिरो, पानीको मूहान सुक्ने लगायतका समस्या देखिएको बताए । यस्ता समस्या न्यूनीकरण गरी दिगो विकासको लक्ष्य प्राप्तिको लागि सरकार गम्भीर हुनुपर्ने उनले बताए ।

उनले यसबारेमा रहेका नीतिहरू आवश्यक मात्रामा परिमार्जन गरी दिगो विकासको लक्ष्य प्राप्तिमा जोड दिनका लागि आफूले भूमिका खेल्ने बताए । स्थानीय सरकारले यस्ता खालका विषयमा बजेट विनियोजन गर्नुपर्नेमा सिमेत उनले जोड दिए ।

यस्तै प्रदेश १ कै सांसद विष्णु तुम्वाहाङ्फेले आफूले जलवायु परिवर्तनका बारेमा धेरै पटक यो विषय उठाएको बताउँदै यसलाई नीति तथा कार्यक्रममा नै समावेश गरेर बजेट विनियोजन गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश सभाका विभिन्न सांसदहरूले जलवायु परिवर्तनसम्बन्धी स्पष्ट नीति बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *