१५ सय रुपैयाँ घुससहित नासु पक्राउ

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीमा एक कर्मचारीलाई ‘घुससहित’ पक्राउ गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय सप्तरीका नायब सुब्बा विरेन्द्र साहलाई १५ सय रुपैयाँ  घुससहित पक्राउ गरिएको आयोगले जनाएको हो ।

उनलाई आयोगको कार्यालय इटहरीको समन्वयमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले पक्राउ गरको हो ।

सोमबार साँझ कार्यालयमा एक सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा नासु साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।

पक्राउ परेका नासु साहमाथि आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ । उनलाई आयोगको कार्यालय इटहरी पठाउने तयारी गरिएको प्रहरी उपरीक्षक धमलाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *