सिद्धार्थ बैंकलाई स्ट्यान्डर्ड चार्टर्ड बैंकले दियाे ऋण सुविधा

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडलाई स्ट्यान्डर्ड चार्टर्ड बैंक सिंगापुरले १ करोड २० लाख अमेरिकी डलरको ऋण सुविधा स्वीकृत गरेको छ।

स्वीकृत ऋण सुविधामध्ये ८० लाख डलर ऋण सुविधा उपलब्ध भएको र बाँकी ४० लाख अमेरिकी डलर पनि छिट्टै उपलब्ध हुने बैंकले जानकारी गराएको छ।

उक्त ऋण सुविधाबाट बैंकले प्रदान गरिआएको अन्तरराष्ट्रिय व्यापार र तरलता व्यस्थापनमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *