अभिनेता विजयले हाले आमाबाबुसहित ११ जनाविरुद्ध मुद्दा

एजेन्सी । दक्षिण भारतीय अभिनेता थलापति विजयले ११ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । यी ११ जना मानिसहरूमा उनका बाबुआमा समेत सामेल छन् । विजयले अदालतमा आफ्नो नाम प्रयोग गरेर कसैले पनि भीड जम्मा गर्न नपाउने अपिल गरेका छन् ।

विजयले आफ्नो अपिलमा भनेका छन्- ‘बुबा एसए चन्द्रशेखर, आमा शोबा सहित ११ जनाले मेरो नामको उपयोग गरेर कुनै भेला वा भीड जम्मा गर्न सक्दैनन् ।’ यो विवाद तब सुरु भयो जब विजयका बुबाले विजय राजनीतिमा प्रवेश गर्न लागेको बताउँदै उनको नाममा एक राजनीतिक पार्टी दर्ता गर्ने बताए ।

विजयका बुबा यतिमै रोकिएनन् । उनले एक नातेदार पद्मनाभनलाई पार्टीको अध्यक्ष, श्रीमती शोबालाई कोषाध्यक्ष समेत घोषित गरे । विजयका बुबाले आफूलाई पार्टीका महासचिव घोषणा गरे । अदालतले यस मुद्दाको सेप्टेम्बर २७ मा सुनुवाइ गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *