कर छलीको विषयमा सोनु भन्छन्- समयले जवाफ दिनेछ

नयाँ दिल्ली । बलिउड अभिनेता सोनु सूदले चार दिनअघि भएको आयकरको छापा विषयमा मौन तोडेका छन् । उनले सामाजिक सञ्जालमा एउटा पोस्ट सेयर गर्दै लेखेका छन्, ‘हरेक पटक कहानी सुनाउन जरुरी छैन । समयले आफैँ बताउनेछ । मेरो घरमा आएका केही पाहुनाहरूका कारणले म पछिल्लो ४ दिनदेखि मानिसहरूको सेवा गर्न सकिरहेको थिइनँ, तर अब म फर्किएको छु ।’

सोनु थप्छन्, ‘मेरो क्षमताअनुसार मैले भारतका जनताको भलाइका लागि काम गर्ने सङ्कल्प गरेको छु । म मेरो फाउन्डेसनमा जम्मा भएको पैसाको अन्तिम रकमले पनि कुनै न कुनै गरिब जनताको जीवन बचाउन सकौँ भनेर लागिपरिरहेको छु । मैले धेरै पटक ठुला ब्रान्डहरूलाई मेरो पारिश्रमिकको बदलामा आम मानिसको सेवा गर्न आग्रह गर्ने गरेको छु । मेरो यात्रा जारी रहनेछ ।’

अभिनेता सोनु सुद केही दिनयता विवादमा परेका छन् । आयकर विभागले मुम्बई, लखनउ, कानपुर, जयपुर, दिल्ली र गुरु ग्रामसहित २८ स्थानमा छापा मारेर ३ दिनपछि सुदले २० करोडको कर चोरी गरेको दाबी गरेको छ । सोनु सूदले विदेशी दाताहरूबाट २.१ करोडको नन प्रफिटेबल फन्ड उठाए, जुन लेनदेनको नियमन कानूनको उल्लङ्घन हुन आउँछ ।

आयकर विभागले उनको परोपकारी ट्रस्टलाई विदेशी योगदान ऐनको नियमहरूको उल्लङ्घन गरेको आरोप लगाएको छ । आयकरको यो खुलासापछि, प्रवर्तन निर्देशनालयले पनि आउँदो दिनमा अनुसन्धान गर्ने सम्भावना रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *