सानिमा बैंक अब ललितपुरको ढोलाहिटीमा पनि

काठमाडौं । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ ।

कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरू अपनाई ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा उक्त कार्यालयको उद्घाटन गरेका थिए ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १०५ कार्यालय र ९६ वटा एटीएम संचालनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *