युवासँग महालक्ष्मी लाईफ बीमा जागरण राष्ट्रिय अभियान

काठमाडौं । महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संचालन गर्ने युवासँग महालक्ष्मी लाईफ बीमा जागरण राष्ट्रिय अभियानको औपचारिक रुपमा प्रारम्भ गरेको छ ।

धुलिखेलको धुलिखेल लज रिसोर्टमा आश्विन २ र ३ गते आयोजित राष्ट्रिय सम्मेलनमा दुई वर्षे यो कार्यक्रमको उद्घाटन गरिएको हो । सम्मेलनमा मेचिदेखि महाकालीसम्मका नब्बेभन्दा बढी युवा अभिकर्ता र अधिकृत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

‘काम गरी आय आर्जन गरौँ’ बीमा गरी सुरक्षित बनौँ, भन्ने मूल नारालाई लिएर बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रममार्फत् युवामाझ गई बेरोजगार र कामको खोजीमा रहेका युवालाई आर्थिक रुपमा सक्रिय पार्ने लक्ष्य रहेको जनाएको छ ।

मुलुकमा शिक्षा, स्वास्थ्य र वृद्ध अवस्थाको ग्यारेन्टी सरकारले गर्न सकिरहेको छैन । अर्कोतिर देशमा स्वरोजगारीका प्रशस्त अवसर हुँदा पनि युवा वर्ग कामको खोजीमा विदेश पलायन भइरहेका छन् ।

यस्तो विषम परिस्थितिमा उपलब्ध कामको अवसर र बीमाको महत्वको बारेमा युवाहरूलाई जानकारी गराउने र उनीहरूमार्फत समाजमा बीमाप्रति जागरण ल्याउनेगरी सम्मेलनले कार्यक्रम तर्जुमा गरेको छ ।

दुई दिने उक्त सम्मेलनमा महालक्ष्मी लाईफ ईन्स्योरेन्सका सञ्चालक तथा एम्बिसन कलेजका प्रमुख सुरेश सापकोटा, प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई तथा बीमा क्षेत्रसँग दुई दशकदेखि जोडिएका स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक, बीमा विज्ञ डा. दामोदर बस्यौलाले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *