पोखरा फाइनान्सको नयाँ शाखा नेपालगञ्ज र कोहलपुरमा

पोखरा । पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले आजदेखि दुई नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ ।

फाइनान्सले लुम्बिनी प्रदेशको बाँके, नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोजी, सुर्खेत रोडमा र बाँके जिल्ला, कोहलपुर नगरपालिका वडा नं. ११ कोहलपुर चोकमा आफ्नो २३ औँ र २४ औँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको हो ।

राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तारका लागि विभिन्न जिल्लाहरूमा शाखा खोलिने उद्देश्यअनुरुप नेपालगञ्ज र कोहलपुरमा नयाँ शाखाहरू खोलिएको फाइनान्सले जनाएको छ ।

यी शाखाहरूमार्फत् संस्थाले निक्षेप संकलन, कर्जा लगानी, डिम्याट, मोबाईल बैंकिङ, सी-आस्वा, आइपीएस, चेक क्लियरिङ रेमिटेन्स लगायत अन्य आधुनिक बैकिङ सेवाहरू प्रवाह गरिने वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए ।

चुक्तापुँजी ९६.३१ करोड रहेको यस वित्तीय संस्थाको हालसम्मको निक्षेप ९ अर्ब ३४ करोड तथा कर्जा लगानी ७ अर्ब ४६ करोड रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *