तेह्रथुम पावरको सेयर रजिस्ट्रारमा नेपाल बंगलादेश क्यापिटल

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर रजिस्ट्रारको रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड चयन भएको छ । जसमा नेपाल बंगलादेश क्यापिटल तथा तेह्रथुम पावर कम्पनी लिमिटेडबीच द्विपक्षीय सम्झौता भएको छ ।

उक्त सम्झौतामा तेह्रथुम पावर कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र नेपाल बंगलादेश क्यापिटल लिमिटेडको तर्फबाट नायव महाप्रबन्धक रामकुमार महतले हस्ताक्षर गरेका छन् ।

हाल तेह्रथुम पावर कम्पनी लिमिटेडको प्राथमिक सेयर निष्काशन कार्य सम्पन्न भई कम्पनीको चुक्ता पूँजी ४० करोड पूर्ण भइसकेको अवस्था रहेको छ ।

चुक्ता पूँजी ४० करोडमध्ये ७० प्रतिशत‚ अर्थात् २८ करोड रकम संस्थापकहरूबाट र बाँकी ३० प्रतिशत‚ अर्थात् १२ करोड रकम सर्वसाधारण (आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु समेत) नेपाली नागरिकहरुबाट कम्पनीको पूँजी उठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *