ठोकर्पा अस्पताल एक एक पाइलाले सञ्चालन गर्ने

काठमाडौँ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा खुलेको ठोकर्पा अस्पताल एक एक पाइलाले सञ्चालन गर्ने भएको छ । अस्पताल सञ्चालनसम्बन्धि सम्झौतापत्रमा ‘एक एक पाइला’ र गाउँपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । एक एक पाइला काठमाडौँमा खुलेको सामाजिक र गैरनाफामुलक संस्था हो ।

ओपिडी आधारमा सञ्चालन हुने अस्पतालमा १५ शय्या रहने र सरकारी मापदण्डअनुसारका सबै सेवा उपलब्ध गराउने गरी हस्ताक्षर भएको एक एक पाइलाका म्यानेजर अशोक पाण्डेले मकालुखबरलाई जानकारी दिए । शुरुमा ओपिडी सञ्चालन हुने र केहि समयमा १५ शय्याको आधारभुत सेवा सहित अस्पताल सञ्चालन गरिने छ  । भौतिक संरचना निर्माणको सबै काम सकेर गाउँपालिकाले अस्पताल हस्तान्तरण गर्ने र अस्पतालमा उपकरण राख्ने काम पनि एक एक पाइलाले नै गर्ने उनले बताए । अस्पतालको नाम एक एक पाइला ठोकर्पा आधारभूत अस्पताल रहने पाण्डेले बताए ।

अस्पतालमा एक जना एमडी गरेका मेडिकल अफिसर काठमाडौँबाट लैजाने र बाँकी जनशक्ति छनोटको लागि पालिकासँग समन्वय गरिने पाण्डेले बताए । अस्पतालमा ठ्याक्कै कति जनशक्ति आवश्यक पर्ने भन्ने अहिले अध्ययन भइरहेको र अस्पताल मङ्सिर देखी सञ्चालनमा ल्याउने तयारी भएको पनि उनले बताए ।

सम्झौताअनुसार एक एक पाइलाले ७ वर्षका लागि जनशक्ति व्यवस्थापन गर्नेछ । जनशक्ति व्यवस्थापनका लागि केही रकम पालिकाले सहयोग गर्ने र बाँकी एक एक पाइलाले नै व्यवस्थापन गर्ने पाण्डेले जानकारी दिए ।

यो पनि : एक्लाएक्लै काम गर्दागर्दै जन्मिएको एक एक पाइला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *