ईश्वरका तीन मुक्तक

१.
रुनुहोस्, कराउनुहोस्‚ न्याय पाइँदैन
बिन्ती बिसाउनुहोस्‚ न्याय पाइँदैन ।
हत्यारा‚ बलात्कारी नै शासक भएपछि
कठघरामा उभ्याउनुहोस्‚ न्याय पाइँदैन ॥

२.
बचाउन भित्र–भित्रै यस्ता करार भए
निर्दोष जेलमा, अपराधी उद्धार भए ।
थाहा पाउँथ्यौ सरकार पीडा के हो भन्ने
जब तिम्रा चेलीबेटी पनि बलात्कार भए ॥

३.
सानो कामको पनि ठूलै हाउभाउ गरिन्छ
नयाँ युग भन्दै अपराधीको बचाउ गरिन्छ ।
यो कस्तो लोकतान्त्रिक शासन हो सरकार
जस्ले न्याय माग्छ उसैलाई पक्राउ गरिन्छ ॥

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *