नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

काठमाडौँ । सातौं संविधान दिवसको अवसरमा नगरस्तरीय प्रथम खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ‘पाख्रीबासको दृष्टिः शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि’ विषयक वक्तृत्वकला प्रतियोगिता चेतना युथ क्लब रुपान्तरणका लागि सँगैको आयोजना तथा पाख्रीबास नगरपालिको प्रायोजनमा सम्पन्न भएको हो ।

कार्यक्रममा उल्लिखित विषमाथि प्रतियोगीहरूले आ–आफ्नो वक्तृत्व राखेका थिए । प्रतियोगितामा विश्वजित देउजा, वीरबल खड्का र शम्भुजित देउजा र ज्योति न्यौपाने क्रमशः पहिलो, दोस्रो, तेस्रो र सान्त्वना भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले ५ हजार रुपैयाँ हात पार्दा दोस्रो, तेस्रो र चौथो र सान्त्वना हुनेले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

क्लबका अध्यक्ष नगेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन तथा व्यवस्थापन ध्रुव पौडेलले गरेका थिए भने सह–प्रायोजकका रूपमा विजय लिम्बु रहेका थिए । कार्यक्रमबीच प्रमुख अतिथिको रूपमा रहेका पाख्रीबास नगरपालिकाका मेयर वृषबहादुर राईले प्रतियोगीलाई हौसला दिँदै यस्ताखाले कार्यक्रमहरूलाई बढवा दिनुर्पे बताए ।

कार्यक्रममा नगरपालिकाकी उपमेयर देवकला पौडेल (तिम्सिना) विशेष अतिथिको रूपम रहेकी थिइन् । सँगै कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, राजनीतिक दलका प्रतिनिधि तथा पत्रकारहरूको बाक्लो उपस्थितिरहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *