को बन्ला कमेडी च्याम्पियन सिजन २ को विजेता ?

काठमाडौँ । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ ले आज असोज २ गते दोस्रो सिजनको विजेता पाउँदै छ । च्याम्पियनको होला त भन्ने विषयमा दर्शकले आफ्नो आफ्नो विचार राखिरहेका छन् । आफ्ना मन पर्ने कमेडियनलाई भोट पनि गरिरहेका छन् ।

आज साँझ ९ बजे सुरु हुने कार्यक्रमको टप ३मा पुगेका विजेता मध्ये एक जना च्याम्पियन हुनेछन् । भोट मार्फत बिक्की अग्रवाल, भरत मणि पौडेल र सन्तोष थापा टप ३मा पर्न सफल भएका छन् । कार्यक्रम सुरु भएको एक घण्टामा नै दोस्रो च्याम्पियन पाउने शोका निर्देशक विशाल भण्डारीले बताएका छन् । आफुलाई मन परेका कमेडियनलाई भोट गर्ने समय बिहीबार सम्म राखिएको भए पनि अन्तिम चरणमा बढाएर आज सम्म बनाइएको छ ।

च्याम्पियनको जजमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन् । गर्भावस्थाको अन्तिम चरणमा कार्यक्रमबाट बिदा लिएकी ऋचा अहिले घरमा नै रहेर आराम गरिरहेकी छन् । आज हुने फिनालेमा च्याम्पियनका अन्य सहभागीहरू समेत उपस्थित रहने कार्यक्रम छ ।

पहिलो चरणको विजेता हिमेश पन्त भएका थिए । अगिल्लो चरणमा अन्तिम समयमा आएर बिना कुनै जानकारी भोटिङको समय बढाएको भन्दै विवाद समेत आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *