जनकपुर आउँदै प्रचण्ड

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार जनकपुरधाम आउने भएका छन् । पार्टीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड जनकपुरधाम आउन लागेका हुन् ।

बिहान १० बजे उनी जनकपुरधाम विमानस्थलमा आइपुग्ने माओवादी केन्द्रका धनुषा जिल्ला सचिव दीपक यादवले बताए । प्रशिक्षण कार्यक्रम मारवाडी सेवा सदनमा राखिएको छ । उक्त कार्यक्रममा करिब साढे ११ बजे अध्यक्ष प्रचण्ड सहभागी हुने यादवले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रमका लागि प्रदेश २ का आठै जिल्लाबाट नेताहरू जनकपुरधाम आइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *