सीप सिकेका महिलालाई ‘इमेसिन’ उपहार

विरानटगर । इटहरी उपमहानगरपालिकाले सीप सिकेका महिलालाई मेसिन वितरण थालेको छ । सीप सिकेका तर व्यवसाय गर्न नपाएका महिलालाई लक्षित गरेर मेसिन उपलब्ध गराएको हो ।

इटहरी उपमहानगर वडा नं. ५ को सीप विकास कार्यक्रमअन्तर्गत १३ जना र उपमेयर आत्मनिर्भर कार्यक्रममार्फत ७ जनालाई मेसिन उपलब्ध गराएको इटहरी उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले २० वटा सिलाई मेसिन वितरण गरिएको बताइन ।

६५ दिनसम्म संचालित तालिमबाट सीप सिकेका महिलालाई मेसिन हस्तान्तरण गरिएको उनले बताइन् । समृद्धि हेल्भेटास परियोजनाको प्राविधिक सहयोगमा मल्टिस्किल एण्ड इन्भारोमेन्ट प्रालिले तालिम दिएको थियो । तालिमको आधारमा उपमहानगरपालिकाले मेसिन उपलब्ध गराएको हो ।

महिलालाई सीप सिकाएर मेसिनसमेत प्रदान गरेर स्वरोजगार बन्ने् अवसरको सुुरुवात इटहरी उपमहानगरपालिकाले गर्न गालेको गौतमको भनाइ छ । सिकेको सीपलाई सदुपयोग गरि ६ महिनाभित्रमा रोजगार बन्ने बाटो तय भएको उनले बताइन् ।

उपमहानगरपालिकाले मेसिन उपलब्ध गराएपछि व्यावसायी बन्ने महिलाले उत्पादन गरेका कपडाको बजारीकरणमा वडाले सहयोग गर्ने वडा नं. ५ का वडाध्यक्ष कल्याणबहादुर कार्की बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *