विज्ञान पत्रकारिता पुरस्कार दाहाललाई

काठमाडाैँ । यस वर्षको विज्ञान पत्रकारिता पुरस्कारबाट पत्रकार मणि दाहाल पुरस्कृत भएका छन् । दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान शुक्रबार गरेको भर्चुअल कार्यक्रममा पुरस्कार घोषणा गरिएको हो ।

अन्तरीक्ष प्रविधितर्फ प्राध्यापक उदयराज खनाल, जैविक प्रविधितर्फ प्राध्यापक प्रकाश घिमिरे, विपद् न्युनिकरणसम्बन्धी प्रविधितर्फ डा. प्रदीप ज्ञवाली र उदियमान प्रविधितर्फ आभाष मास्के पुरस्कृत भएका छन् । पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको मन्त्रालयले जनाएको छ ।

विज्ञान र प्रविधिमा विशेष योगदान गर्ने शम्भू आचार्य, महेश श्रेष्ठ, गीता बस्याल, वेदबहादुर भण्डारी, दिनेशकुमार झा, मुकुल प्रधानलाई सम्मानपत्र प्रदान गरिएको छ ।
मन्त्रालयले संस्थागत रूपमा मेकानिकल एरो स्पेस पुल्चोक इन्जिनियरिङ क्याम्पस, जैविक प्रविधि त्रिवि केन्द्रीय विभागलाई कदरपत्र प्रदान गरिएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *