नेपाल-बङ्गलादेश बैंकको विस्तारित सेवा मकवानपुरमा

काठमाडौँ । नेपाल-बङ्गलादेश बैंकले मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालीकाको वडा नं. ९ स्थित हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको हाताभित्र आफ्नो १० औ विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले गरेका हुन ।

हेटौंडा उपमहानगरपालीकामा खोलिएको यस विस्तारित सेवाले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडलाई शुलभ बैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै उपमहानगरका  ९, १२, १३ तथा १४ मा वित्तिय पहुँच पुर्याइ हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पुर्‍याउने उदेश्यका साथ सेवा केन्द्र सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

यस विस्तारित सेवाबाट विदेशबाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोबारका लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षा लगायत नेपाल सरकारबा बैकिङ प्रणाली मार्फत् प्राप्त हुने सम्पूर्ण सेवाहरु सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुने लगायतका सेवाहरु सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *