२ वर्षको मर्मतपछि चीनमा झिल्मिलायो अरनिकोले बनाएको श्वेतचैत्य (भिडियोसहित)

बेइजिङ । नेपालका कलाकार अरनिकोले बनाएको श्वेतचैत्य, बेइजिङको केन्द्र भागमा छ । सम्राट् कुब्लाई खाँले सन् १२७१ मा बनाउन शुरु गरी सन् १२७९ मा निर्माण सम्पन्न भएको हो ।

यो सम्पदा बनिसक्दा चिनियाँका लागि अनौठो ‘प्यागोडा टावर’ थियो । करिब ५१ मिटर अग्लो श्वेतचैत्य प्राचीन तिब्बती शैलीका कारण लोकप्रिय भयो ।

झन्डै ८ शताब्दी लामो अवधिमा पनि यो सम्पदा नेपाल–चीन मैत्री प्रतीक र मित्रताको साक्षीका रूपमा उसैसरि उभिएको छ । पुरानो भएपछि पटक पटक यसको जीर्णोद्धार गरिएको छ । मिङ राजवंशमा श्वेतचैत्यको जीर्णोद्धार ५ पटकसम्म गरिएको थियो । श्वेतचैत्य पछिल्लो पटक जीर्णोद्धार गरी नयाँ स्वरूपमा सार्वजनिक गरिएको छ ।

सन् १९४९ मा नयाँ चीन (जनगणतन्त्र) को स्थापनापछि यो धरोहरको महत्त्व अझ बढ्यो । चीनमा भएको सांस्कृतिक क्रान्तिको अवधिमा यसलाई क्षतविक्षत हुनबाट बचाइयो । यो सम्पदालाई चीन र नेपाल बीचको घनिष्ठ मित्रताको सेतुको रूपमा चीनले पनि उच्च महत्त्व दिएको छ ।

चीन र नेपालको मित्रतालाई बाँधी राखेको प्रतीत गराउने यो वास्तु निधिमा नेपालीहरूले निःशुल्क प्रवेश पाउँछन् । नेपालबाट चीन भ्रमणमा जाने राष्ट्र प्रमुख र सरकार प्रमुखले पनि यो सम्पदाको भ्रमण गर्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *