हिमालयन बैंकले दियो महानगरीय प्रहरी वृतलाई कम्प्युटर

काठमाडौं । हिमालयन बैंकले महानगरीय प्रहरी वृतलाई दुई थान कम्प्युटर प्रदान गरेको छ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिनकुने, नयाँ बानेश्वर, काठमाण्डौ स्थित महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरलाई दुई थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ ।

महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी हुनाका कारण दैनिक प्रशासकीय कार्यमा ढिला-सुस्ती भएको हुँदा सो कार्य सहज होस् भनेर बैंकले रुपैया एक लाख दश हजार मुल्यको दुई थान कम्प्युटर सेट सहयोग स्वरुप प्रदान गरेको बैंकले जनाएको छ ।

बैंकका तर्फबाट बैंकका मुख्य प्रबन्धक समीर आचार्यले उक्त महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी उपरिक्षक मीम बहादुर लामालाई एक समारोह बीच उक्त सहयोग हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *