मुक्तिनाथले मुद्दतीमा १० प्रतिशत ब्याज दिने

काठमाडौँ । मुक्तिनाथ विकास बैङ्कले व्यक्तिगत मुद्दतीमा ३ महिनाको लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुने गरी ब्याजदर दिने भएको छ ।

साथै, बैङ्कले ३ महिने संस्थागत मुद्दतीमा पनि सर्वाधिक ९.५ प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुने गरी ब्याजदर प्रकाशित गरेका छ ।

३ महिना अवधिको लागि वाणिज्य तथा विकास बैङ्कहरूले २०७८ असोज महिनाको लागि हाल सम्म प्रकाशित गरेको ब्याजदर मध्येमा सो व्यक्तिगत तथा संस्थागत ब्याजदर उच्च रहेको बैङ्कले उल्लेख गरेको छ । यो ब्याजदर  आजबाट लागु हुने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *