विराटनगर प्याब्सन अध्यक्षमा बुढाथोकी

विराटनगर । विराटनगर महानगर प्याब्सनको अध्यक्षमा मोहन बुढाथोकी निर्वाचित भएका छन् । शिव अधिकारीलाई ७ मतले पराजित गर्दै उनी बुढाथोकी निर्वाचित भएका हुन् ।

अध्यक्ष पद बाहेक सबै पद सर्वसम्मत भए पनि अध्यक्षमा कुरा नमिल्दा मतदानबाट नेतृत्व छानिएको हो । ५६ जना निजी विद्यालयका सदस्य रहेको विराटनगर मा बुढाथोकीले ३१ मत ल्याएर निर्वाचित भए भने  अधिकारीले २४ मत प्राप्त गरेका थिए ।  अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि अन्तिम अवस्थामा आएर निर्वाचन भएको थियो ।

अध्यक्षमा बुढाथोकी सहित समितिको उपाध्यक्षमा अर्जुन श्रेष्ठ, सचिवमा अशोक लामा, सह–सचिव हिरा थापा, कोषाध्यक्षमा नन्दलाल मण्डल र सह–कोषाध्यक्ष गोपाल रिजाल चयन भएका छन् । सदस्यहरूमा यादव प्रधान, चिरञ्जीवी तिम्सिना, देवीलाल महतो, सीमा अग्रवाल, दिनेश ढुङ्गाना चुनिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *