नेकपा (एस) सुदूरपश्चिमको प्रमुख सचेतकमा दुर्गा विक

धनगढी । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा दुर्गा विकलाई चयन गरिएको छ । संसदीय दलको बिहीबार बैठकले विकलाई प्रमुख सचेतक चयन गरेको हो ।

अछामबाट एमालेबाट समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेकी विक यसअघि नेकपा एमालेमा हुँदा पनि प्रमुख सचेतक थिइन् ।

नेकपा (एस)ले बुधबारमात्रै सदस्य दलको नेता दीर्घ सोडारीलाई चयन गरेको थियो । नेकपा (एस) सुदूरपश्चिममा प्रदेशसभामा १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *