त्रिविअन्तर्गतका क्याम्पस भोलिबाट खुल्ने

काठमाडौँ । त्रिभुवन विश्विद्यालयले आफू मातहतका सबै क्याम्पस, विभाग र स्कूलहरूलाई असोज १ गते शुक्रबारदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार सूचना निकालेर त्रिविअन्तर्गतका सबै क्याम्पस, विभाग र स्कूलहरूले पालिकाहरूले तोकेको समयसीमा र मापदण्डभित्र रहने गरी पालिकासँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी र सतर्कता अपनाई असोज १ गतेबाट सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालन गर्न भनेको हो ।

यसबारेमा त्रिवि कार्यकारी परिषद्ले भदौ २७ गते निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *