‘मिस लिटिल नेवा:’को अन्तिम प्रतिस्पर्धामा २५ जना

काठमाडौँ । ‘मिस लिटिल नेवा:’ मा २५ किशोरी अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् । भक्तपुर र काठमाडौँका विभिन्न २० स्कूलबाट यी प्रतियोगी छानिएका हुन् ।

नेवार समुदायका किशोरीहरूलाई आफ्नो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उद्देश्यले नेप्लिज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आएको छ ।

कोरोना महामारीका कारण विगत दुई वर्षदेखि हुन नसकेको प्रतियोगिताको १३औँ संस्करण आगामी कार्तिक ६ गते आयोजना हुने नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताएकी छन् ।

नेवारी कला, संस्कृति, धर्म र संस्कारबारे जानकारी दिने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको हो । प्रतियोगितामा लिटिल मिस नेवा:की ‘फस्ट रनर अप’ प्रियङ्का तण्डुकार, ‘बेस्ट पर्सनालिटी’ पल्पसा श्रेष्ठ र ‘चार्मिङ पर्सनालिटी’ प्रजिता श्रेष्ठको कोरियोग्राफी हुनेछ । त्यस्तै ‘मिस नेवा:’ सुनिता डङ्गोल र नीतु डङ्गोलले नेवारी भाषाको प्रशिक्षण दिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *