‘डान्स च्याम्पियन’ डिजिटल अडिसन सुरु

काठमाडौँ । डान्स रियालिटी शो ‘डान्स च्याम्पियन’को डिजिटल अडिसन सुरु भएको छ । इन्टरनेसनल डान्स एकेडेमी एन्ड फिल्म्स प्रालीद्वारा की एड्भरटाईजिङ सर्भिस प्रालीका लागि कार्तिक ११ गतेबाट शोको नियमित प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने एक कार्यक्रमका बिच जानकारी दिइएको छ ।

काठमाडौँमा भएको पत्रकार सम्मेलनमा कान्तिपुर टेलिभिजन र कि एड्भर्टाइजिङबीच सम्झौता गर्दै कार्यक्रम शुभारम्भ घोषणा गरिएको हो । शो प्रत्येक बिहीबार र शुक्रबार हप्ताको २ दिन बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ ।

च्याम्पियनका निर्णायकहरूमा अभिनेत्री निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आश्मा विश्वकर्मा रहनेछन् ।  उमेश राई (फुलन्देकी आमा) ले सञ्चालन गर्ने कार्यक्रमको पुरस्कार राशि २५ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *