लक्ष्मी बैंकको शाखा इटहरीको पकलीमा

काठमाडौँ । लक्ष्मी बैंकले सुनसरीको इटहरी उपमहानगरपालिका- १६ को पकलीमा १३७औँ शाखा संचालनमा ल्याएको छ ।

ईटहरीको भाटभटेनी सुपरमार्केट परिसरभित्र रहेको यो शाखामार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको बैंकले जनाएको छ ।

यस नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ४९ जिल्लामा १३७ शाखा, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६७ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *