आन्तरिक विप्रेषणमा सहज बन्दै सेञ्चुरी बैंक

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ग्राहकको सुविधालाई ध्यान दिएर मोबाइल बैकिङ एप ‘सेञ्चुरी पे’बाट अनलाइन आन्तरिक रेमिटन्स सेवा पनि प्रदान गर्ने भएको छ ।

याे सेवा अन्तर्गत सेञ्चुरी रेमिट (रेमिटन्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको छ । यो सेवा सञ्चालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक विप्रेशणमा सोझै मोबाइल बैकिङ एपबाट पठाउन सक्ने बैंकले जनाएको छ ।

आन्तरिक रेमिटन्स रकम पठाउँदा मोबाइल बैकिङ एपमा रहेको सेञ्चुरी रेमिटमार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुबै सुविधा मध्ये एक रोज्न सकिने पनि जनाएको छ ।

यसका साथै मोबाइल बैकिङ एपमा रहेको रिसिभ रेमिटान्स प्रयोग गरी आन्तरिक विप्रेषण काराेबार गर्न सकिनेछ ।

साथै यस सुविधा अन्तर्गत ग्राहकले सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यलयहरु र देशका ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेण्ट मार्फत रेमिटन्स रकम संकलन गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *