मेगा बैंकका ग्राहकहरूलाई कान्तिपुर अस्पतालमा विशेष छुट

काठमाडौँ । मेगा बैंकका ग्राहकलाई काठमाडौँको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने सहमति भएको छ ।

मेगा बैंक नेपाल लिमिटेड र कान्तिपुर अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको बैंकले जनाएको छ ।

सम्झौताअनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूले कान्तिपुर अस्पतालमा जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने एम्बुलेन्स सेवा निःशुल्क पाउनेछन् ।

आईसीयू, एचसीयू, भेन्टिलेटर र औषधी खरिद गर्दा १० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ ।

यसैगरी, मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई शुल्यक्रिया गर्नुपरेमा विशेष छुट र कोभिडको पीसीआर परीक्षणमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

मेगा बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर यसअघि नै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न अस्पतालहरुसँगको सहकार्यमा छुटको व्यवस्था गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *