नबिल बैंकको दशैँ अफर

काठमाडौँ । नबिल बैंकले दशैँ अफरको घोषणा गरेको छ । नेपालीहरूको महान चाड दशैँको अवसरमा, नबिल बैंकले आश्विन १ गतेदेखि व्यक्तिगत मुद्दति खातामा आकर्षक योजना शुरू गरेको जनाएको छ ।

यस योजनाअन्तर्गत १ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरूलाई वार्षिक ९.२६ प्रतिशत ब्याजदर (०.५ प्रतिशत प्रिमियम थप सहित) प्रदान गरिने बैंकले जनाएको छ ।  व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने बैंकको उद्देश्य रहेको छ ।

देशभर १३५ वटा शाखा कार्यलयहरू, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरूसहित विभिन्न देशमा रहेका एजेन्टहरूको बृहत सञ्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *