राष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । बुधबार साँझ ८ बजे शीतलनिवास छिरेका ओलीले त्यहाँ २ घण्टा बिताएको श्रोतले बताएको छ ।

राष्ट्रपति–ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको श्रोत बताउँछन् । ‘उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भयो,’ श्रोतले भन्यो, ‘यही विषय भन्नेबारे जानकारी छैन ।’ ओली राति १० बजे शीतलनिवासबाट बाहिरिएका थिए ।

गत असार २८ गतेबाट पदबाट बाहिरिएपछि ओलीले साउन ८ गते राष्ट्रपतिसँग भेट गरेका थिए । यसपछि दोस्रो पटक ओलीले गएराति भेटेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *